मिटरव्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय, कानूनमै दण्ड सजायको व्यवस्था गरिने

काठमाडौं । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड सजायको व्यवस्था गर्न लागिएको सरकारले जनाएको छ ।

मिटरव्याजसँग सम्बन्धि कानुन नभएका कारण सरकारले फास्ट ट्रयाकबाट कानुन बनाएर मिटरव्याज पीडितलाई न्याय दिन लागेको हो ।

सरकारले नयाँ कानुन बनाएर पीडितले न्याय दिनुका साथै पीडकलाई कारबाहीको व्यवस्था गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्