काठमाडौं । सत्ता साझेदार दलको बैठक भोलि पुनः बस्ने भएको छ ।
मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको १० दलको बैठक पुनः बस्ने गरी सम्पन्न भएको हो ।
बैठक बुधबार बिहान ९ बजे पुनः बसेर न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तथा सत्ता भागबन्डाबारे सहमति जुटाउने नेताहरूले बताएका छन् ।