आज चैत्र शुक्ल अष्टमी : चैतेदशैं पर्व मनाइँदै

काठमाडौँ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । हरेक वर्ष यस दिन नवदुर्गा एवं शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरी मनाइन्छ ।

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

कमेन्ट गर्नुहोस्