सेतो मच्छिन्द्रनाथको रथजात्रा : आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने (रुटसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ ।

सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ ।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई उक्त दिन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

आज (चैत १५ गते) तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते (भोलि) असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।

महानरगका अनुसार चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।

कमेन्ट गर्नुहोस्