बाबुराम भट्टराईलाई बाल्यकाल सम्झाउने बालुवाटारको खाजा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको खाजाले चर्चा पाएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ दलको बैठकमा खाजामा मकै र मही खादै गरेको तस्बिर सार्वजनिक गरेपछि आज सामाजिक संजालमा मकै र महीले चर्चा पाएको हो ।


बालुवाटारमा विशिष्ट व्यक्तिले कस्तो खाजा खान्छन् होला ?, के परिकार हुन्छ होला ? कुनै महँगो परिकार ? वा कुनै विदशी खाजा ? बेला मौकामा खाजाको बिलको चर्चा हुने गर्दछ ।

बुधबारको सत्ता गठबन्धन बैठकमा नेपाली खाजा सर्भ गरिएको छ । बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएको थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् ।

फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, भुटेको मकै र मही । गाउँको बाल्यकालको याद

तस्बिरहरू : बाबुराम भट्टराईको फेसबुकबाट ।

कमेन्ट गर्नुहोस्