काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा देखिएको सबै समस्या एक दुई हप्ता भित्रमा समाधान हुने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानन्त्री प्रचण्डले रंगशालामा अहिले देखिएका समस्या समाधान गरेर छिट्टै निर्माण कार्य अगाडी बढाउने जानकारी दिए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – ‘ यो क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडी बढ्छ । ’