एसईई दिने चार लाख ८५ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुने विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

उनले सामाजिक संजाल फेस्बुक मार्फत शुभकामना व्यक्त गर्दै आज देखि परिक्षमा सहभागी हुने चार लाख ८५ हजार ३९६ विद्यार्थीको उज्जवल भविष्यको कामना गरेका हुन् ।

प्रधानमन्त्रीले एसईई परिक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेल्न समेत परीक्षासँग सम्बन्धित सबैसँग अपील गरेका छन् ।

आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ ।

कमेन्ट गर्नुहोस्