शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, मन्त्रिपरिषदबारे छलफल

काठमाडौं । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले शितल निवास पुगी राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको भेट सकिइसकेको छ ।

आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

कमेन्ट गर्नुहोस्