काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको पेशागत संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मिटरब्याज र तमसुक व्यवस्था राजतन्त्रात्मक सामन्ती व्यवस्थाको जर्जर शोषण र उत्पीडनको अवशेष भएको बताएको छ ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै तराईका विभिन्न जिल्लाहरूबाट कष्ठपूर्ण पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पीडित जनताको न्यायपूर्ण संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को ऐक्यबद्धता रहेको बताएका छन् ।
उनले मीटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति मार्फत पीडितका समस्या समाधान गर्न नेपाल सरकारसँग १० बुँदे माग गरेका छन् ।
यस्तो छ १० बुँदे माग सहितको किसान महासंघको विज्ञप्ति