नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्‍यु, ८ जना घाइते

काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका–४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ ।

ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्‍यु हुनेमा दुप्तेश्वर गाउँपालिका४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् । यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्