काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदरभार ग्रहण गर्दै दूईवटा निर्णय गरेका छन् । श्रेष्ठले सुराकीको नाममा गृहमन्त्रीले खर्च गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् ।
अहिले सुराकी परिचालन गर्ने नाममा गृहमन्त्रीले ठूलो रकम खर्च गर्न पाउने व्यवस्था छ ।
साथै उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्न आयोग गठन गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।
उनले भने– ‘मिजरब्याजी समस्या समधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गर्नुभएको छ ।’