प्रधानमन्त्री कपको च्याम्पियन बनेकोमा प्रधानमन्त्रीले दिए नेपाली खेलाडीलाई बधाई

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली खेलाडीहरूलाई बधाइ ज्ञापन गरेका छन् । सामाजिक संजाल फेस्बुक मार्फत बधाइ दिंदै प्रधानमन्त्रीले राष्ट्रको पहिचान र गरिमा उच्च बनाउन फुटबलमार्फत खेलाडीहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन् –‘तेस्रो प्रधानमन्त्री कप फुटवल प्रतियोगितामा विजयी नेपाली खेलाडीहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। फुटवलमार्फत् राष्ट्रको पहिचान र गरिमा उच्च बनाउन खेल्नुभएको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्दछु।’

खेलमा खेलाडीलाई हौसला प्रधान गर्न खेल सुरु हुनभन्दा अगाडी प्रधानमन्त्री प्रचण्ड दशरथ रंगशालाको मैदानमा उपस्थित भएका थिए ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।

कमेन्ट गर्नुहोस्