काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्याय खोज्दै महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितसँग बालुवाटरमा भेट गरेका छन् । मिटरब्याजी पीडितका कुरा सुनेर उनीहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले मिटरब्याज पीडितहरुसँगको भेटलाई आफ्नै वर्गसँगको भेट सम्झेको बताएका छन् ।
अब बन्ने आयोगले सिधै फिल्डमा गएर मिटरब्याजीविरुद्ध पूर्जी काट्ने कारबाही गर्ने लगायतका काम गर्न सकोस भन्ने सरकारको धारणा रहेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले मिटरब्याज पीडितका समस्याबारे आफु जानकार रहेको समेत बताए । उनले भने –‘म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या सुनेको थिए । सुरक्षाका तीन वटै अंग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह गरेको पनि थिए । केही मान्छे त समातिए । तर दिगो समाधान भने भएन । त्यो बेला अकै प्रधानमन्त्री हुनुहुन्थ्यो ।यो पटक म प्रधामन्त्री छु । यसको दिगो समाधानमा मेरो ध्यान छ । ’
मीटरब्याज पीडितको समस्या समाधान गर्न कानुन अभाव भएका कारण यस समस्याको दिर्घकालिन समाधानका लागि कानुन बनाउने क्रममा सरकार रहेको प्रधानमन्त्रीले बताए ।
ऐन निर्माणको क्रममा रहेको भन्दै त्यसमा मिटरब्याजी पीडिका सुझाब लिने प्रधानमन्त्रीको भनाई थियो।
अहिले पनि यो समस्या पूर्णरुपमा समाधान गर्न नसके समस्याले गम्भिर रुप लिने भन्दै यो समस्या निमुल पार्न सरकारको ध्यान पूर्णरुपमा गएको उनले बताए ।
उनले भने– ‘म पहिले प्रधानमन्त्री हुँदा पनि यस समस्या समाधान गर्नुपर्छ भनेर लागेको थिए । अहिले पनि यो समस्या समाधान नभए मलाई डर लागेको छ,यो कहिल्यै समाधान हुन्न त्यसैले यो समस्याको दिर्घकालीन समाधन अहिल्यै गर्नुपर्छ ।’
प्रधानमन्त्रीले भने –‘अहिले हाम्रो पार्टीको साथी नै गृहमन्त्री बन्नुभएको छ । उहाँको पहिलो प्राथमिकता नै मिटरब्याजी समस्या समाधान गर्नु रहेको छ । उहाँले यो समस्या समाधन गर्छु भनेर बोलिसक्नु भएको छ । यो पनि तपाइहरुको समस्या समाधानमा सरकार गम्भिर छ भन्ने प्रमाण हो ।’
मिटरब्याजीहरुको कनेक्सन राज्यका उच्च तहमा रहेको कुरा आफुले थाहा पाएको समेत प्रधानमन्त्रीले बताएका छन् ।उनीहरु पैसा र पावरको प्रयोग गरेर पीडितलाई झन पिडा दिन चाहाने गरेको प्रधानमन्त्रीको भनाई थियो । उनले भनेका छन् –‘ पहिले मलाई सर्लाही जिल्लाका माओवादी केन्द्रका नेता डाँचाराम वाग्लेले मिटरब्याजीहरुको समस्या लिएर आउनु भएको थियो । त्यो बेला मैले लामो समय लिएर मिटरब्याजीका समस्या सुनेको थिए । मिटरब्याजी पीडितको समस्या समाधानमा लागेका वाग्लेको रहस्यमय निधन भयो । यसबाट के देखिन्छ भने यो मिटरब्याजीको समस्या कहि कहि ठुलो कनेक्सन छ । यसबाट के देखिन्छ भने उनीहरु धनी छन् पावरमा छन् कहिन कहि उनीहरु पैसा र पावरको प्रयोग गरेर तपाईहरुमाथि गरेको अत्याचारलाई बचाइरहन चाहान्छन् ।’
‘उनीहरुको कनेक्सन प्रहरी तथा हामिकहरुसँग छ । त्यसैले यो समस्या ऐन बनाएर मात्रै समाधान गर्न सकिन्छ भन्ने सरकारलाई लागेको छ । सरकार छिटोभन्दा छिटो कानुन बनाउन लागेको छ ।’ प्रधानमन्त्रीले भने –‘यसको मतलब सबै कर्मचारी र प्रहरीले उनीहरुलाई समर्थन र सहयो गर्छन भन्न खोजेको होइन ।’
मिटरब्याज पीडितहरु र्पैदल यात्रामा निस्केदखि नै पीडितहरुलाई फलो गरेको र खानपान र बसाईमा समस्या नपरोस् भनेर गृहमन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीले बताए । साथै उनले गृहमन्त्रालयलाई बार्ताका लागि पठाएको भन्दै पीडितका माग पुरै पुरा गर्ने गरी लागेको बताए । मीटरब्याज पीडितका समस्या समाधान गर्ने कुरा सामन्तवादको अवशेषलाई समाधान गर्ने रुपमा लिएको बताए ।