रसुवा । रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा आउने भएको छ । आंशिक रूपमा आयात–निर्यात भए पनि ३८ महिनादेखि मानिसको आवतजावत बन्द थियो ।
चीनको ल्हासामा गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेपछि शनिबारदेखि रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको हो ।
रसुवागढी नाका निकासी पैठारी र मानिसको आवतजावतसहित शनिबारदेखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित थियो ।
सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द थियो । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात–निर्यात थप प्रभावित बनेको थियो ।
पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।