काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुका तीनैजना उमेदवार आगामी उपनिर्वाचनमा विजयी हुने बताएका छन् ।
लामिछानेले आफूसहित बाँकी दुईजना उमेदवारहरु स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर गरेको पत्रकार सम्मेलनमा भने, “स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न आउनुभएको होइन । उहाँहरुले कमाउनुपर्ने सबै कमाउनुभएको छ । समाजका लागि दिन आउनुभएको छ । समाजले हामीलाई गुन लगाएको छ त्यो गुन तिर्छु भनेर आउनुभएको छ । संसद्मा गरिमामय उपस्थिति हाम्रो हुनेछ । तीनैभाइ विजय हुनेछौं ।”