चितवन । दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन २०७९ भर्खरै सकिएको छ । चितवनको भरतपुरमा आयोजित म्याराथनमा सात विधामा ७ खेलाडीले उपाधी हात पारेका छन् ।
निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै सशस्त्र प्रहरी बलका सुरज राना मगरले उपाधी हात पार्न सफल बने । दिवङगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले साईकलिङ म्याराथनको आयोजना गर्दै आईरहेको छ । प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेनु दाहाले जानकारी दिईन्।
सात विधामा भएको म्याराथनमा पुरुष ईलाईटतर्फ सशस्त्र प्रहरी बलका सुरज राना मगरले पहिलो स्थान हात परेका हुन् । उनी गत सालका समेत विजेता हुन् ।
उनले उपाधीसँगै नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेण्ड ५२ मिलिसेकेण्डमा पारे गर्दै दोश्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।
पुरुषतर्फको तेश्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले नगद ३० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र हात पार्न सफल भए ।यस्तै काभ्रेका अच्युत कृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमश चौथो र पाँचौँ स्थान हासिल गरे ।