एमालेले भन्यो – रावल विधानविपरीत चले, संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौं । नेकपा (एमाले)ले नेता डा. भीम रावल विधि र विधानविपरित चलेको जनाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उनीसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन समेत गरेको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित वार्ता टोलिमा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समेत रावलले पार्टीलाई सहयोग नगरेको भन्दै एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली गठन गरेको हो ।

चितवनको सौराहामा भएको दशौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिएयता केपी ओली र रावलको सम्बन्ध थप चिसिएको छ।

कमेन्ट गर्नुहोस्