काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा २३.२४ अंकको गिरावट आएको छ । गत बिहीबार नेप्से झिनो अंकले बढेको नेप्से पुनः ओरालो लागेको हो ।
आज नेप्से परिसूचक १.२२ प्रतिशतले घटेर १८८५.३१ विन्दुमा बन्द भएको छ । यसदिन २६० धितोपत्रको ३६ लाख ४९ हजार १९६ कित्ता एक अर्ब १६ करोड २६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।
घटेको बजारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । तर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ ४० पैसा कायम भएको छ ।
एनआईसी एसिया बैंकको पाँच करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको चार करोड ४७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । यसदिन सर्वाधिक परिसूचक व्यापार समूहको २.५८ प्रतिशतले घटेको छ ।