लघुवित्त समस्या समाधान गर्न अध्ययन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले लघुवित्तको वर्तमान समस्या र समाधानका उपायका लागि अध्ययन समिति गठन गरेको छ।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिले अध्ययन कार्य सुरु गरेको हो।

अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव दिन भनेको छ।

कमेन्ट गर्नुहोस्