काठमाडौं ।कांग्रेसबाट कारबाही भोगेर आज मात्रै कारबाही फुकुवा पाएका गोविन्दराज जोशी वैशाख १० मा हुने उपनिर्वाचनमा चुप बस्ने भएका छन् । उनले तनहुँ–१ मा उम्मेदवारी नदिने र चुप बस्ने बताएका हुन् ।
उनी गत मंसिरको चुनावमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार थिए। रामचन्द्र पौडेलसँग उनले चुनाव हारे। जोशीले ६ हजार ८ सय ७८ मत मात्रै ल्याएका थिए। यहाँ पौडेलले २५ हजार तीन सय १८ मतसहित चुनाव जितेका थिए।
जोशी कांग्रेसका पूर्वसहमहामन्त्री हुन्। उनले गृहलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी पनि समालिसकेका छन् ।
उनलाई आज बसेको कांग्रेस बैठकले कारबाही फुकुवा गरेको थियो ।
यद्यपी उनले नेपाली कांग्रेसले आफु र आफुसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रूपमा गरेको यस निर्णयलाई मान्न तयार नभएको बताएका छन् ।