चलचित्र विकास बोर्डको सदस्यमा राजु खत्री नियुक्त

काठमाडौं ।नेपाल सरकार चलचित्र विकास बोर्डको बोर्ड सदस्यमा राजु खत्री क्षेत्री नियुक्त भएका छन् ।

चलचित्र क्षेत्रमा लामो समयदेखि क्रियाशील हेटौडा–१०, मकवानपुर घर भएका राजु खत्री क्षेत्रीलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णयले २ वर्षकालागि बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

बोर्डमा तीन सदस्य मध्ये खालि भएको सदस्य पदमा उनी नियक्त भएका हुन् । बोर्डको अध्यक्ष भुवन के.सी रहेका छन् ।

कमेन्ट गर्नुहोस्