नेप्सेमा सामान्य गिरावट, कारोबार ९२ करोड

काठमाडौं । साताको कारोबारको आज अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज २८ दशमलव २८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा पुगेर बन्द भएको छ ।

आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेको छ । कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा भने वृद्धि भएको छ । कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११ दशमलव ८० रुपैयाँ पुगेको छ भने सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्