कोशी आन्दोलनमा ज्यान गुमाएका लिम्बु शहीद घोषणा

काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ।

सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको छ ।

पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो।

प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्