काठमाडौं । दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरु हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरुको उपस्थिति रहेको छ