मन्त्रालयको मूलगेटमै एकजोडी कृत्रिम फोक्सो जडान

काठमाडौं । विश्व स्वास्थ्य दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ ।

मन्त्रालयले यूएसएआइडी स्वच्छ, हावा परियोजनासँगको सहकार्यमा मन्त्रालयको मूलगेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको हो ।

धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यु एअरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्क अनुसार विश्वका १३१ देशहरूमध्ये धेरै वायुप्रदुषण हुने देशहरूमा नेपाल १६ औं स्थानमा रहेको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युको ठूलो कारण मध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हने उल्लेख गरिएको छ ।

वायु गुणस्तर खस्कदै गएकाले वायु प्रदूषण कम गर्न चेतना अभिवृद्दि एवं सरोकारवाला निकायहरूसँग समन्वय र वकालत भैरहेको छ।

कमेन्ट गर्नुहोस्