प्रधानमन्त्री प्रचण्ड निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी (तस्बिर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन् । काठमाडौंमा मन्त्रिपरिषद् र दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठक सकेर उनी गोरखा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसाले । आज नै आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठक बसालेर विभिन्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका हुन् ।

गारेरखामा प्रधानमन्त्री प्रचण्डले जिल्ला पार्टीद्वारा आयोजना गरेको जनतासँग पार्टी अभियान कार्यक्रमलाई गरेका छन् ।

साथै,प्रधानमन्त्रीले गोरखा जिल्ला अस्पतालको ५० औं वर्षको कार्यक्रमलाई सम्बोधन गरेका छन् । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गरी प्रधानमन्त्री आज नै काठमाडौं फर्किने कार्यक्रमा रहेको छ ।

कमेन्ट गर्नुहोस्