काठमाडौं । अलराउन्डर क्रुनाल पाड्याको अलराउन्ड प्रदर्शनमा लखनउ सुपर जायन्ट्सले ईन्डियन प्रिमियर लिग ९आईपीएल० मा सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ ।
आइपीएलको १६ औँ संकरणमा लखनउको यो दोस्रो जित हो । शुक्रबार राती एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्न सफल भयो ।
हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले २३ बलमा ३४ रन बनाए । ओपनर कायल मेयर्स १३ रनमा आउट हुँदा निकोलस पुरन ११ रनमा अविजित रहे । मार्कस स्टोइनिस १० रनमा अविजित रहे ।
हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १र१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।
हैदराबादका राहुल त्रिपाठीले ४१ बलम ३५ रन बनाउँदा ओपनर अनोमलप्रित सिंह २६ बलमा ३१ रन बनाउँदै आउट भए । अब्दुल सामद १० बलमा २१ रन बनाउँदै अविजित रहँदा वासिन्टन सुन्दर १६ रन बनाए ।
कप्तानका रुपमा आईपीएल डेब्यु गरेका एडेन माक्ररम क्रुनाल पान्ड्याको बलमा बोल्ड हुँदै गोल्डेन डक भएका थिए। लखनऊको जितमा क्रुनाल पान्ड्याले ३ तथा अमित मिश्राले २ विकेट लिए ।