काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकार बन्ने दाबी गरे । खड्काले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताए ।
खड्काले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताए । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने स्पष्ट पारे ।