आईपीएल : जितका लागि दिल्लीलाई दुई सय रनको लक्ष्य

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुदैछ ।

आईपीएलको आजको पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको छ । रोयल्सले दिल्लीलाई जितका लागि २०० सय रनको लक्ष्य दिएको छ ।

आजको खेलमा राजस्थान दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको राजस्थान दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित भएको थियो ।

पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई ईन्डियन्स खेल्दै छन् । मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्