पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार  विष्ट निर्वाचित

ललितपुर । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्।

शनिवार राति सकिएको मतगणनाको परिणामअनुसार नेविसंघका बागी उम्मेदवार विष्ट १६९ मतान्तरले विजयी भएका हुन्।
उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत प्राप्त गरे ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ) लाई स्ववियु सभापतिको टिकट दिएपछि नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले उम्मेदवारी दिएका थिए । सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन् ।

दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् । अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी भएका छन् ।
आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो ।

कमेन्ट गर्नुहोस्