माधवनारायणमा भएको आगलागीमा २१ घर जलेर नष्ट

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा आज दिउँसो भएको आगलागीमा २१ वटा घर जलेर नष्ट भएका छन् ।

दिउँसो करिब साढे २ बजेदेखि माधवनारायण नगरपालिका वडा नं ४ विसुनपुर्वा मानपुर टोलमा स्थानीय जितउ  मुखियाको घरबाट सुरु भएको आगलागी अन्य २१ घरमा पुगेको प्रहरीले जनाएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि केही खसी, बाख्रा जलेर मरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने कार्य भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्