एजेन्सी । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ ।
बरामद लागुऔषध यरोपेली संघ (ईयु) लाई बेच्ने योजना रहेको अनुसन्धानबाट खुल्न आएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
दुई जना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २ .५ बिलियन रुबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मुल्यको सो लागुऔषध रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ ।
संदिग्धहरुले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रुसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ । रुसी कानुन अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्धा चलाइएको छ ।