प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गरेको सूचना तथा संचार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आचार्यको विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ । उनी यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भएका थिए ।

कमेन्ट गर्नुहोस्