विषादी परीक्षण गरेर मात्रै खाद्यान्न तथा तरकारी आयात गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले खाद्यान्न तथा तरकारीको विषादी परीक्षण गरेर मात्रै आयात गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो ।

साथै स्वदेशमा उत्पादन भएको तरकारी र खाद्यान्न समेतको विषादी परीक्षण हुने भएको छ ।

सरकाले संसदीय समितिबाट तयार गरेको विधेयकका आधारमा विदेशबाट आयात हुने तरकारी र विषादीको परीक्षण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी लिइन् ।

तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्