वाणिज्य बैंकहरूले वैशाखदेखि ब्याजदर घटाउने, मुद्दतीको ब्याज एकल अंकमा

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर घटाउने भएका छन् । वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो ।

योसँगै बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेका छन् । वैशाखदेखि लागु हुने गरी निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झार्ने निर्णय भएको छ ।

वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ ।

बैठकले साधारण बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर कायम गर्ने निर्णय गरेको छ । यसअघि बचतमा न्युनतम ६ प्रतिशत र मुद्दतीमा ११ प्रतिशत ब्याजदर कायम गरिएको थियो ।

कमेन्ट गर्नुहोस्