महासंघ निर्वाचन अपडेट : वरिष्ठ उपाध्यक्षमा रामचन्द्रको अग्रता

काठमाडौं। बुधबार सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना कार्य जारी रहेको छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्षका मतगणाना भइरहेको हो ।

पछिल्लो पटक प्राप्त मत अनुसार वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ३९० मत प्राप्त गरेका छन् । यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले ३३२ मत र उमेशलाल श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्