काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा लगानी बोर्ड नेपालको ५३ औं बैठक वानेश्वोर बसिरहेको छ ।
बैठमा लगानी बोर्डको सहजीकरणमा भैराखेका सार्वजनिक निजि साझेदारी तथा निजी लगानीका परियोजनाहरू र वैदेशिक लगानी लगायत विभिन्न विषमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री रामसरण महत, उर्जा मन्त्री शक्ति बस्नेत,उद्योग, वाणिज्य र आपूर्ति मन्त्री रमेश रिजाल, मुख्य सचिव शंकरदास बैरागी,लगानी बोर्डका कार्यकारी अधिकृत सुशिल भट्ट लगायत बोर्ड सदस्यहरू सहभागी रहेका छन् ।