सुदूरपश्चिममा एमाले नेताले आफैलाई लगाए सिस्नु

धनगढी। नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गरेका हुन् ।

सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका क्रममा विसु पर्व एंव नयाँ वर्षको उपलक्ष्यमा एमालेका नेताहरु सिस्नु लगाएका हुन् ।

वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने उदेश्यले यो पर्व मनाउने गरिन्छ ।

कमेन्ट गर्नुहोस्