नयाँ वर्ष मनाउन पाल्पा पुगेका एक युवकको खोलामा डुबेर मृत्यु

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ ।

नयाँ वर्ष मनाउन पाल्पा पुगेका रुपन्देही सिद्धार्थ नगरपालिका १२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफना साथीसँग घुम्ने क्रममा ढुंगामा चिप्लिएर पानीमा डुबेको प्रहरीले जनाएको छ ।
ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्