एकदिवसीय अभ्यास खेलमा नेपालले ओमानसँग भिड्दै

काठमाडौं । नेपालले एकदिवसीय अभ्यास खेलमा आज ओमानसँग भिडदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने खेल ५०–५० ओभरको हुनेछ।

नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो। आज हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन। नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् ।

आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ । यस्तै ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ ।

कमेन्ट गर्नुहोस्