सत्ता गठबन्धनका शीर्षनेताबीच भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा यहि १० गते हुन लागेको उपनिर्वाचनलाई फलदायी बनाउने सहमति बनेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचन केन्द्रीत छलफल भएको हो।

वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन्।

कमेन्ट गर्नुहोस्