पोखराको सेती खोंचमा खसे बालक

पोखरा । पोखरामा एक बालक सेती खोंचमा खसेका छन् ।

 आज दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए । केसीकाअनुसार पोखरा ८ नागढुंगा बस्ने स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेका हुन् ।

‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्