विश्वको जनसंख्या ८ अर्ब पुग्ने, भारत अग्रपंक्तिमा आउने

काठमाडौं । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन । तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ।

राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या उच्च दरमा वृद्धि भइरहेको र चीनमा घट्दो क्रममा रहेकाले केही समयमा नै चीनको स्थान भारतले लिने बताउँछन्।

अप्रिल १४ सम्ममा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले यसअघि नै प्रक्षेपण गरेको थियो। सन् २०२१ मा भएको चीनको सातौं राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ। विज्ञ भन्छन्, ‘यो तथ्यांकलाई अब भारतले उछिन्ने छ।

यही नोभेम्बरसम्ममा विश्वको जनसंख्या ८ अर्ब हुनेछ र त्यसमा भारत अग्रपंक्तिमा आउने छ।’ सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड छ। त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्या बराबर हो। यो अन्नपूर्ण  पोस्टमा प्रकासित समाचार हो ।

कमेन्ट गर्नुहोस्