काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।
कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।