काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको प्रहरी हिरासतमा गोली हानेर हत्या गरिएको छ।
प्रहरी हिरासतमा रहेका उनको उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ। अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो।
अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन। यद्यपी गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको देखिएको छ।