काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद पराष्ट्रमन्त्री र समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएका छन् ।
यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनिसेका उनी तेस्रोपटक मन्त्री बनेका हुन् ।
तेस्तै, दुई मन्त्रीसहित सरकारमा रहेको दल नेकपा (एकीकृत समाजवादी) ले थप एक राज्यमन्त्री पाएको छ ।
एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् ।
पराष्ट्रमन्त्री नियुक्त भएका साउद र राज्यमन्त्री चपाईले दुबैले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।