काठमाडौं । समयमै पाठ्यपुस्तक नपुग्ने समस्या यस वर्षको शैक्षिक सत्रमा नहुने भएको छ ।
यो वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको जनक शिक्षाले जनाएको छ ।
जनक शिक्षाले सुदुरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरूमा पुस्तक वितरणको तालिका नै सावजनिक गरेको हो ।
शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो आउने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक सोहि समस्या आउन नदिन शिक्षा मन्त्रालय र जनक शिक्षालाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन र प्रधानमन्त्रीको सचिवालयको निरन्तर पहलमा यसपटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका हुन् ।
यससँगै पुस्तक नपाएको दुःख सुनाउने सामुदायिक विद्यालयका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ ।