काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ८६ पैसा र बिक्री दर १३१ रूपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७४ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा रहेको छ।
जापानीज यानका १० बराबर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, कुवेत दिनार एक दिनार बराबर ४ सय २७ रुपैयाँ २८ पैसा र विक्रीदर ४ सय २९ रुपैयाँ २४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३६ पैसा र बिक्री दर १६३ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।