भारतमा चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु २० घाइते

एजेन्सी । भारतको हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० जना कामदार थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ । भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिए । साथै उनले मिलका मालिकालाई कानूनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्