प्रधानमन्त्रीका तीन सल्लाहकारले लिए नियुक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तीन जना सल्लाहकारले नियुक्ति लिएका छन् । यसअघि बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

बिहिबार बसेको बैठकको निर्णयबाट संचार(प्रेस) सल्लाहकारमा गोविन्द आर्चाय नियुक्त भएका छन् । त्यसैगरी जनसम्पर्क सल्लाहकारमा देवेन्द्र पराजुली नियुक्त भएका छन् भने प्रसासन सल्लाहकारमा रामदीप आर्चाय नियुक्त भएका छन् ।

प्र्रधानमन्त्री प्रचण्डको यसअघिको कार्यकालमा गोविन्द आचार्य प्रेस सल्लाहकार थिए भने रामदीप आर्चाय जनसम्पर्क सल्लाहकार थिए ।

कमेन्ट गर्नुहोस्